अमेरिकाको एक विमानस्थलमा यात्रुको लगेजमा जब मिसाइल लञ्चर भेटियो
एजेन्सी । अमेरिकाको बाल्टिमोरस्थित विमानस्थलका सुरक्षाकर्मीले यात्रुको लगेज चेकजाँच गर्ने क्रममा मिसाइल लञ्चर भेटेका छन् ।
विमानस्थलको सुरक्षाको जिम्मेबारी पाएको ‘ट्रान्सपोर्टेसन सेकुरिटी एडमिनिस्ट्रसन(टीएसए)’का अधिकारीले उक्त शक्तिशाली सैन्य उपकरण भेटेका हुन् ।
विमान यात्रुको लगेजमा मिसाइल लञ्चर भेटिएपछि टीएसएका अधिकारीनै आश्चर्यमा परेका थिए ।
घटना सोमबार विहान बाल्टिमोर÷वाशिन्टन अन्तर्राष्ट्रिय थरगुड मार्सल विमानस्थलको हो ।
मिसाइल लञ्चर बोक्ने यात्रु टेक्ससको ज्याक्सनभिलका बासिन्दा रहेको टीएसए अधिकारीले बताएका छन् । अधिकारीका अनुसार उनी सक्रिय सैन्य सदस्य रहेकाले सम्झनाको लागि मिसाइल लञ्चर आफूसँग राख्न चाहेका थिए ।
घटनाबारे स्पष्ट पार्नको लागि टीएसएले विज्ञप्ति जारी गरेको छ ।
.@TSA officers at @BWI_Airport detected this missile launcher in a checked bag early this morning. Man said he was bringing it back from Kuwait as a souvenir. Perhaps he should have picked up a keychain instead! pic.twitter.com/AQ4VBPtViG
— TSAmedia_LisaF (@TSAmedia_LisaF) July 29, 2019
नाम उल्लेख नगरिएको यात्रुलाई सोधखोजको लागि हिरासतमा लिइएको थियो । उनले टीएसएका अधिकारीलाई आफू सेनामा सेवारत रहेको र त्यस समय कुवेतबाट अमेरिका फर्किरहेको बताएका थिए ।
लञ्चर सक्रिय थिएन, त्यसलाई तत्कालै जफत गरियो । जफत गएिको लञ्चर राज्यको फायर मासललाई हस्तान्तर गरिएको छ ।
टीएसएले आफ्नो विज्ञप्तीमा हवाई यात्रुले कुनै प्रकारको सैन्य हतियार बोकेर हिँड्न नपाउने स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण