यो गाउँमा ९ वर्षदेखि छोरा नै जन्मिएनन्, छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा
दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।
मिइज्स्से ओर्दान्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन् । त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पोल्याण्डका पत्रकारलाई इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम हुने गरेको बताए । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।
‘हामीले जन्मदर्तालाई समिक्षा गर्दै यसबारे थप अनुसन्धान गर्यौं,’ फ्रिस्कोले भने । ‘पितापूर्खाले जे भने त्यो पुष्टि भयो । छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकै कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ ।’
तोमाज्स गोलास्जले आफूलाई छोरा जन्माउन मन लागेता पनि गाउँको इतिहास हेर्दा यसको सम्भावना निकै कम भएको बताउँछन् ।
‘यो थुप्रै शताब्दीदेखि चल्दै आएको छ,’ दुई छोरीका पिता गोलास्जले भने । ‘म यो गाउँमा आएँ, यहाँका स्थानीयलाई श्रीमती बनाएँ र दुई छोरीको पिता भएँ । मलाई छोरा जन्माउन मन छ तर यसको सम्भावना निकै कम छ । मेरा छिमेकीले पनि प्रयास गरे र उनका दुई छोरी छन् । यहाँका महिलाले छोरा जन्माउँछन् भन्ने मलाई लाग्दैनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण