सात वर्षेको मुखबाट निकालियो ५२६ वटा दाँतः डाक्टरले भने, ‘मोबाइल टावरको रेडिएशनले यस्तो हुनसक्छ’
भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएको छ ।
शल्यक्रिया पछि बालकले भने, ‘अब कतै पनि दुख्दैन’
सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती बालकको निकै लामो समयदेखि दायाँ बंगारामा सुन्निएको थियो । अत्यधिक सुन्निएपछि अभिभावकले उनलाई अस्पताल पुर्याए । एक्स–रे र सिटी स्क्यानमार्फत् पत्ता लाग्यो कि बंगारामा केही दाँत यस्ता छन् जो आधा विकसित छन् । यस्तोमा शल्यक्रियाको निर्णय लिइयो ।
सेन्थिलनाथन भन्छन्, ‘दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो । बिरामीलाई एनेस्थेसिया दिएपछि उनको बंगाराको एउटा भाग निकालियो जसको तौल २ सय ग्राम थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाइयो ।’
डाक्टरले यस्तो प्रकारको अस्वभाविक विकासको कारण थाहा हुन सकेन । कतिले यस्तो मोबाइल टावरबाट हुने रेडिएसन वा कुनै आनुवांसिक समस्याका कारण हुनसक्ने बताए ।
डाक्टरले भने, ‘शल्यक्रियाको क्रममा हामीले उसको स्वस्थ दाँतलाई त्यत्तिकै छोडिदियौं । अस्वाभाविक रुपमा आएका दाँतलाई निकै सावधानीपूर्वक निकालियो । यसअघि कसैको पनि यति धेरै दाँत देखिएको थिएन । यसअघि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण