युएईमा संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता
युएई । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच पार्टी एकता भएलगत्तै सो पार्टीका प्रवासमा रहेका भातृ संगठनहरु पनि धमाधम एकीकरण हुँदै आएका छन् ।
यसै अनुरुप संयुक्त अरब इमिरेट्स (युएई)मा पनि संघीय समाजवादी पार्टी फोरम नेपालको भातृ संगठन नेपाली संघीय समाज युएई र नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएई बिच एकता भएको छ ।
एकतासँगै संगठनको नाम अन्तर्राष्ट्रिय–नेपाली समाज युएई राखिएको छ । गत शुक्रवार दुबईमा भएको एक कार्यक्रममा २५ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
अन्तर्राष्ट्रिय–नेपाली समाज युएईको नयाँ कार्यसमितिको अध्यक्षमा बाबुराम लोप्चन निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षहरुमा खिमानन्द कँडेल (खस आर्य),मुन्ना समसुल हक (मधेश मुस्लिम), शंकर सुनार (शिल्पी समुदाय, भगवती चामलिङ् राई (महिला), नवराज घिमिरे चयन भएका छन् ।
त्यस्तै महासचिवमा विनोद श्रेष्ठ, उप–महासचिवमा दिलकुमार लोप्चन तामाङ, सचिवमा अनुराग थपलिया, किरण विक, चुमाँन सिंह दर्लामीमगर, कोषाध्यक्ष सुरेश ओझा र सह–कोषाध्यक्षमा शोभा शर्मा चयन भएकना छन् ।
कार्यसमिति सदस्यहरुमा सन्तोष पाण्डे, रूप बहादुर खत्री, भीमदोङ तामाङ, योगेन्द्र थापा, खोर्साङ तामाङ, शंकर लामिछाने, इजराईल मियाँ, दिल बहादुर विक, तीर्थ पाण्डे, बल बहादुर विक, राजेन्द्र कुमाल, पुष्पा तामाङ, प्रतीक्षा खड्का, वीरेन्द्र राई, रामबहादुर थापा मगर, उर्मिला गुरुङ, सुष्मा श्रीवास्तब, रेशम लामा, पूजा घले, सरस्वती प्रधान, नारायण बहादुर घिमिरे क्षेत्री, बुद्धि मोबहाङ राई ‘आवेग’, धनकृष्ण राई, दइन्द्र राई ‘बिइ’ र सबिता राई चयन भएका छन् ।
कार्यक्रम सभापति कार्यदल एकता संयोजक सुरेश ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
-
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
-
‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण