पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध
अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ ।
अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्तो हर्मोन हो जुन पाठेघरले गर्भावस्थाका बेला निष्कासन गर्छ ।
यस्तो अचम्मको घटनाको प्रशंसा गर्नुको साटो एफआईबीएले उनले आफ्नो भनेर गर्भवती छु भनेर थाहा नभएकी महिलाको पिसाब दिएको अनुमान गरेको छ । त्यसकारण उनीहरुले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएका छन् ।
डिजेले गत वर्षको सेप्टेम्बरमा आफूले एएस मोनाकोसँगको सहकार्य समाप्त गरेको घोषणा गरेका थिए । युरोपियन बास्केटबल क्लबमा त्यतिबेला अत्यधिक चर्चित भएपनि उनले पारिवारिक कारणले क्लब छोड्नुपरेको बताएका थिए ।
स्लोभेनियाको मिडियाले कुपरले आफ्नी प्रेमिकाको पिसाब दिएको दाबी गरेको छ । त्यतिबेला यी दुईलाई उनी गर्भवती भएको थाहा नभएको बताइन्छ । एफआईबीएले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ । यद्यपि, कुपरले सन् २०२० को जुन २४ पछि मात्र खेल्न अनुमती पाएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण