वीरगञ्जमा चलचित्र महोत्सव
काठमाडौं – नेपाल चलचित्र निर्माता संघले प्रदेश नम्बर २ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
चलचित्रको प्रवर्द्धन र विस्तारको लागि भन्दै महोत्सव आयोजना हुन लागेको हो ।
आगामी १ असोजदेखि ३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव आयोजना हुन लागेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
चलचित्र क्षेत्रले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसर पारेर महोत्सव आयोजना हुन लागेको हो ।
निर्माता संघ र विकास बोर्डको आयोजना रहने महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजना रहनेछ ।
तीन दिने उक्त महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका सिनेमाको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति लगायत बिभिन्न कार्यक्रम समेत रहने छ ।
महोत्सवका लागि निर्माता संघका अध्यक्ष अधिकारीले वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघसँग समेत छलफल गरिसकेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण