सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया
सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।
द्वन्द्वपीडितले सूर्य्किरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका छन् । महालेखाले करोडौं रुकम बेरजु देखाएकाले छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति र दुवै आयोगमा नायाँ पदाधिकारी सिफारिस गर्न गठित समितिमा उजुरी दिएका छन् ।
द्वन्द्वकालमा भएका घटनाहरुको छानबिन गरी सत्य बाहिर ल्याउने र पीडितलाई न्याय दिने जिम्मेवारी पाएको आयोगले चरम आर्थिक घोटाला गरेको देखेपछि आफूहरु स्तब्ध भएको द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले बताए । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण