एसपी–डिएसपी चिनेको छु भन्दै रकम बार्गेनिङ गरेपछि...
पोखरा– पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।
गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्टराईले प्रतिवादीको परिवारसँग सम्पर्क गरी मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक–पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए ।
‘मैले एसपी, डिएसपी चिनेको छु, मुद्दा मिलाउनका लागि ३ लाख ५० हजार लाग्छ भन्दै फोन सम्पर्क गरेर रकम माग्नुभएछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पटक–पटक रकमको बार्गेनिङ गर्ने, नत्र ३ वर्ष जेल बस्नुपर्छ भनि बारम्बार फोन गरि सकेपछि पीडितका आफन्त हामीकहाँ आउनुभयो ।’
पीडितका आफन्त प्रहरीकहाँ आइसकेपछि प्रमाण लिएर आउन पठाएको उनले सुनाए । ‘हामीले प्रमाण लिएर आउन भन्यौ, उहाँहरुले कल रेकर्ड लिएर आईसकेपछि हामीले पक्राउ गर्यौ,’ उनले भने । पक्राउ परेका भट्टराईलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण