आतङ्कवाद सम्बन्धमा नेपाली कर्मचारीलाई भारतमा तालिम
सोमबार, ०२ भदौ २०७६, १८ : २६
काठमाडौं– भारतको फरीदाबादमा ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयमा नेपाली अधिकारीहरुलाई तालिम दिइरहेको छ ।
नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतको तर्फबाट तालिम दिइरहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो प्रशिक्षण ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भइरहेको छ ।
६ दिनसम्म चल्ने सो प्रशिक्षण प्रप्त गरिसकेपछि नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने भारत पक्षले अपेक्षा गरेको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण