बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्।
इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ। यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ। कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्रीसमेत गरिसकेका छन्।
मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए। जग्गाधनीले रैकरबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई मालपोतका रुपमा वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको उनले जानकारी दिए। समितिका अनुसार गुठीको जग्गामा बसोबास गरेका व्यक्तिसँग राज्यले केही शुल्क लिएर त्यसलाई उनीहरूका नाममा पास गरिदिने व्यवस्था ‘रैकर’ हो। यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह
-
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
-
सुदूरपश्चिममा 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु
-
रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ