‘जाइरा’ युनिटलाई इटहरिमा लाखे नृत्यले स्वागत
काठमाडौं– फिल्म ‘जाइरा’ युनिट काठमाडौं फर्किएको छ । केही दिनअगाडि अभिनेत्री नम्रता श्रेष्ठ सहितको कलाकारको युनिट लिएर मोफसल प्रचारमा निस्किएको यो युनिट मंगलबार काठमाडौं फर्किएको हो ।
नेपाली फिल्मको लागि राम्रो व्यापारिक स्टेशन मानिने पोखरा, चितवन तथा पूर्वको धरान र इटहरीमा प्रचारमा फिल्मको प्रचारसहित विभिन्न कार्यक्रम सकाएर युनिट काठमाडौं फर्किएको कार्यकारी निर्माता प्रसन्न गोपालीले जानकारी दिए ।
प्रचारको क्रममा फिल्म युनिटले सोमबार इटहरी पुगेको एक सांस्कृतिक कार्यक्रम सहित इटहर िपुगेको युनिलाई त्यहाँका स्थानियले लाखे जुलुस निकालेर स्वागत गर्दै बजार समेत परिक्रममा गराएका थिए ।
कलाकार इटहरि आएको खुसीमा लाखे आफुहरुले जुलुस निकालिएको स्थानीय युवाहरुले बताए ।
फिल्म प्रचारमा इटहरी फिल्मकी मूख्य पात्र अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत पुगेका थिए । कार्यक्रममा अभिनेत्री नम्रताले मिक्स मार्शल आर्ट फाईटसँग नेपाली त्यति धेरै परिचित नभएकोले बताउँदै फिल्म ‘जाइरा’ दर्शकका लागि नौलो स्वाद हुने बताइन् । उनले ‘जाइरा’ एक्सन मनपर्ने दर्शक मात्र नभएर सबै दर्शकका लागि उपयुक्त फिल्म भएको दाबी गरिन् ।
अभिनेता प्रमोद अग्रहरीले ‘जाइरा’मा आफु नेगेटिभ भूमिकामा नभएको बताए । उनले फिल्मको सस्बेन्स खुल्ने डरले भूमिका खुलाउन नमिल्ने बताए । यात्राको क्रममा निर्माण युनिटले पोखरा, चितवन र धरानमा पत्रकार सम्मेलन गरेर फिल्मको सबै पक्षका बारेमा जानकारी दिएको थियो ।
आशुतोष राज श्रेष्ठको निर्देशन रहेको ‘जाइरा’को निर्माता प्रनिता श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण