सरकारले नै कर्मचारी प्रशासनलाई कमजोर बनायो: अधिकारी
काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।
राष्ट्रियसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे ।
उनले प्रश्न गरे, ‘एक बर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन् कि ? वा तीनले एक महिनाभित्रै आफु असक्षम भएको प्रमाणित गरे । वा सम्बन्धित मन्त्रीको रोजाइमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो ?’
राष्ट्रियसभा सदस्य विन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण