सरकारले नै कर्मचारी प्रशासनलाई कमजोर बनायो: अधिकारी

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।
राष्ट्रियसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे ।
उनले प्रश्न गरे, ‘एक बर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन् कि ? वा तीनले एक महिनाभित्रै आफु असक्षम भएको प्रमाणित गरे । वा सम्बन्धित मन्त्रीको रोजाइमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो ?’
राष्ट्रियसभा सदस्य विन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबादमा गुलजार हाउसमा लाग्यो आगो, १७ को मृत्यु
-
अछाम र दाङमा जबरजस्ती करणीको घटना : २ जना पक्राउ
-
रुसले एलन मस्कलाई ड्रग्समा फसाएर ब्ल्याकमेल गर्न खोजेको थियो ?
-
सुपर–३ चरणको पहिलो खेलमा थाइल्यान्डले यूएईलाई हरायो
-
'सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र बचत रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर जेलमुक्त गरौँ'
-
सरकारले संविधान विपरीत काम गरिरहेको छः सांसद शाही