सिंगापुर उड्नुअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको छ । प्रधानमन्त्री सिंगापुर उड्नुअघि निजी चिकित्सक डा. दिव्या सिंहले स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी हुन् ।
सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको र त्यसै क्रममा ओलीको मिर्गौलामा एण्टीबडीको मात्रा बढी देखिएको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एण्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनको लागि प्रधानमन्त्री पुन सिंगापुर गएको डा. सिंहको भनाई छ ।
सिंगापुरबाट फर्केपछि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारीक जानकारी नआएपछि धेरैले उनको स्वास्थ्यबारे अनेककिसिमको अड्कल गरेका थिए । साउन २७ गते नेपाल फर्केपछि प्रधानमन्त्री आफैले ‘म ठिक छु’ भन्ने बाहेक अरु कुनै पनि प्रतिक्रिया आएको थिएन ।
प्रम ओली आजै उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी १५ दिन सिंगापुरमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण