एनआरएन विश्व सम्मेलनको मिति परिवर्तन
काठमाडौं–विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलनको पूर्वनिर्धारित कार्यक्रम हेरफेर भएको छ । एनआरएनका केन्द्रीय सदस्य रामशरण सिम्खडाले यसअघि तय भएको मिति परिवर्तन गरेर सम्मेलन अक्टोबर १५ देखि १७ सम्मको लागि तय गरिएको रातोपाटीलाई जानकारी दिए ।
यसअघि एनआरएन विश्व सम्मेलन अक्टोबर १३ देखि १५ सम्म गर्ने निर्णय भएको थियो । तर सो सम्मेलनको क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द नेपालको भ्रमणमा आउने तयारी भएकाले नेपाल सरकारकै आग्रहमा सम्मेलन २ दिन पर सार्ने निर्णय भएको सिम्खडाले जनाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द नेपाल भ्रमणमा आउन लागेको बताइएको छ । सम्मेलन काठमाडौको होटल हायातमा गर्ने तय भएको छ ।
यता एनआरएनको विश्व सम्मेलन आउन करिब ५३ दिन बाँकी रहँदा नेतृत्वमा दौडधूप तीब्र भएको छ । यस विश्वसम्मेलनमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी नदिने घोषणा गरेसँगै उपाध्यक्षद्वय कुमार पन्त नेतृत्वको तीब्र दौडमा रहेका छन् ।
उनीहरुले आफ्नो चुनावी अभियानलाई तीब्रता दिँदै भेटघाट र छलफललाई तीब्रता दिएका छन् । विशेषगरी कुमार पन्तलाई पूर्वअध्यक्ष जीवा लामिछानेलगायतको बलियो समर्थन रहँदा आचार्य पनि नेपाली काँग्रेस निकट एनआरएनको सहयोगमा उम्मेदवारी दिने मनस्थितिमा रहेका छन् ।
संघको आगामी महाधिवेशनमा ठूलो संख्यामा उपाध्यक्षको लागि निर्वाचन हुने छ । १ महिला उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष पदमा निर्वाचन हुनेछन् । यस्तै महासचिव १ , सचिव २, कोषाध्यक्ष र सहकोषाध्यक्ष १, क्षेत्रीय संयोजक ५, उपसंयोजकहरु, युवा र महिला संयोजकको लागि संघको महाधिवेशनमा निर्वाचन हुने छ ।
यो पटक उपाध्यक्ष पदमा वर्तमान महासचिव डा. बद्री केसी, सोनाम लामा, आरके शर्मा, किरणविक्रम थापा, नरेन्द्र भाट, हिक्मत थापा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, लगायतको उम्मेदवारी पर्ने बताइएको छ । महासचिवमा जानकी गुरुङ, डा हेमराज शर्मा, डिबी क्षेत्री, केशव पौडेललगायतको दाबी छ । सचिवमा गौरीराज जोशी र शिव वरुवालले दावी गरिसकेका छन् भने कोषाध्यक्षमा महेश श्रेष्ठ, सोम सापकोटाले उम्मेदवारी दिने बताएका छन् ।
यस्तै युरोप उपसंयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा वर्तमान केन्द्रीय सदस्य रामशरण सिम्खडा उम्मेदवारीबारे मौन रहेपनि उनी प्रवक्ता बन्ने चर्चा छ ।संघको पदाधिकारीमा दिनदिनै उम्मेदवारी घोषणा गर्ने लहर चलेकाले अक्टोबरको सम्मेलन अघि सम्म सूची लामो बन्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण