रसुवागढीमा कन्टेनर डिब्बा जलेर नष्ट
रसुवा– चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र रसुवागढीमा आज बिहान एक कन्टेनर डिब्बा जलेर नष्ट भएको छ ।
सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरूङ जाने लाइनमा पर्किङ गरी राखिएको ना३ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढी छेउकै राजमार्गमा जलेको हो ।
हावाका कारण गढीक्षेत्रको प्रसारण लाइन एकआपसमा जुध्न जाँदा विद्युत्लाइन मुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युत्को तारले छोएपछि एक्कासी निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ ।
कन्टेनरमा लागेको आगो नियन्त्रका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ पर्न गई डिब्बा पूरै जलेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
विद्युत् प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकेका कारण थोरै हावाले पनि विद्युत् तार जुध्ने समस्या जटिल हुँदै गएको र चालू विद्युत्को तारमुनि सवारी साधन पार्किङ गर्नु सवारी चालककोसमेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण