भारतको राजस्थानमा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु
शनिबार, ०७ भदौ २०७६, १३ : ०८
एजेन्सी । भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो ।
भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् ।
दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो ।
अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण