एनआरएन युरोप संयोजक शिवकुमार बरुवालले सचिवमा उम्मेदवारी दिने
बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप संयोजक शिवकुमार वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।
एनआरएनको विश्व सम्मेलन अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
गैरआवासीय नेपाली संघको युरोप संयोजकको हैसियतले २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका बरुवालले अभियानलाई अझ समृद्ध र सुदृढ बनाउँदै अपनत्व हुने गरि नीति तथा कार्ययोजना अगाडि ल्याउन आफूले उम्मेदवारी दिने निचोडमा पुगेको वताए ।
गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै सँस्थामा निरन्तर लागेका छन् ।
२००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य, सन् २०१७–२०१९ मा युरोप संयोजकको जिम्मेवारी सफलतापूर्वक समालेको अनुभव उनीसँग छ ।
उनले युरोप संयोजकको जिम्मेवारी समाले लगत्तै माल्टा र स्लोभाकियाका संघको शाखा विस्तार गरेका थिए ।
१९ वर्ष देखी बेल्जियमा बसोबास गर्दै आएका बरुवाल त्यहाँस्थित नेपाली संघसँस्थामा लोकप्रिय मानिन्छन् । उनले दर्जन भन्दा बढी संघसँस्थामा बसेर काम गरेका छन् ।
उनी आफ्नो व्यापारका अतिरिक्त परोपकारी काममा समेत सकृय छन् । उनले बिभिन्न समाजिक संघसँस्था मार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम समेत गरेका छन् ।
उनले बेल्जियममा डिपार्टमेन्टस्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर संचालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण