इक्वेडरको अमेजन क्षेत्रमा विमान दुर्घटना हुँदा चारको मृत्यु
आइतबार, ०८ भदौ २०७६, ११ : २६
एजेन्सी । इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन–१८२ जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका क्रममा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले शनिबार यसको जानकारी दिएको छ ।
नागरिक उड्यन प्राधिकरणका अनुसार जहाजमा एक पाइलट र तीन यात्रु सवार थिए ।
दुर्घटनाको कारण तत्काल थाहा नभएको भए पनि यसको लागि अनुसन्धान सुरु गरिएको छ ।
जहाज शुक्रबार मोरोना स्यान्टियागो र जमोरा चिनचिपेको सिमाना नजिक झरेको थियो ।
सैन्य अधिकारी र अन्य खोजकर्ताले शनिबार घण्टा लामो खोज अभियानपछि शव फेला पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण