ग्रीजम्यान चम्किएपछि बार्सिलोनाको सानदार जित
एन्टोइन ग्रीजम्यानले दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले हरायो ।
कप्तान लियोनल मेस्सी र लुइस स्वाारेजको अभावलाई एन्टोइन ग्रीजम्यानले टारेका थिए । साविक विजेता बार्सिलोनाको लिगमा यो पहिलो जित हो । जारी सिजनको उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भएपछि बार्सिलोना केही दबाबमा देखिएको थियो ।
कप्तान मेस्सीको पीडुलाको मांसपेशीमा चोट लाग्नु र स्वारेज पनि घाइते हुँदा बार्सिलोनाको अग्रपंक्तिमा ग्रीजम्यानले सम्हालेका हुन् । बार्सिलोनाको जितमा ग्रीजम्यानसँगै कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले एक एक गोल गरे । रियल बेटिसका नविल फेकिर र लोरेन मोरनले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता रियल बेटिसले लिएको थियो । १५औं मिनेटमा नविल फेकिरले गोल गर्दै टोलीको उत्साह बढाए । त्यसपछि ग्रीजम्यानले ४१औं मिनेटमा बराबरी गोल फर्काए । ग्रीजम्यानले ५०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ५६औं मिनेटमा कार्लेस पेरेज र ६०औं मिनेटमा अल्वाले गोल गरेपछि बार्सिलोनाले थप बलियो बन्यो ।
७७औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए । ७९औं मिनेटमा रियल बेटिसका लोरेन मोरनले अर्को गोल फर्काए पनि टोलीले हार टार्न सकेन । जितसँगै दुई खेलबाट तीन अंक बनाएको बार्सिलोना नवौं स्थानमा उक्लिएको छ । रियल बेटिसले खाता खोल्न सकेको छैन ।
यसैगरी आईतबार रातिनै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० गोलले हराएको छ । एट्लेटिकोको जितमा भिटोलोले ७१औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै दुई खेलबाट ६ अंक बनाएको एट्लेटिकोले दोस्रो स्थानमा छ । लेखानेस अंकविहीन छ । अर्को खेलमा रियल सोसियडाले मालोर्कालाई १–० गोलले हरायो ।
सोसिइडाडका रईलोले ७८औं मिनेटमा निर्णायक गोल गरे । स्पान्योल र डिर्पोटिभो अलाभेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण