टोखा नगरपालिकामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण
सोमबार, ०९ भदौ २०७६, १२ : ४८

काठमाडौं– सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६ भाद्र ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ ।
बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?