टोखा नगरपालिकामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण
सोमबार, ०९ भदौ २०७६, १२ : ४८
काठमाडौं– सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६ भाद्र ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ ।
बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण