बाबुरामलाई भीम रावलको प्रश्न : कति मानिस मारिएपछि सन्तुष्टि मिल्छ ?
काठमाडौं – टीकापुर घटना (२०७२ भदौ ७ गते भएको आन्दोलन) को विषयमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले आपत्ति जनाएका छन् ।
कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट र थारुवान प्रदेशको माग गरी कैलालीका थरुहट समर्थकले गरेको आन्दोलनमा ०७२ भदौ ७ मा प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको ज्यान गएको थियो ।
अध्यक्ष बाबुरामले सो घटनालाई विद्रोहको संज्ञा दिएका थिए । शनिबार कैलालीको टीकापुरमा आयोजित थारुवान राष्ट्रिय सम्मेलनमा अध्यक्ष भट्टराईले टीकापुर घटनालाई ‘थारु विद्रोह’ भनेका थिए ।
नेकपाको सुदुरपश्चिम इन्चार्जसमेत रहेका रावलले सोमबार ट्विट गर्दै कति मान्छे मारिएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् भनेर प्रश्न गरेका छन् ।
उनले लेखेको छन्, ‘भदौ ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’
भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !
— Bhim Rawal (@BhimRawal179) August 26, 2019
नेता रावल अखण्ड सुदूरपश्चिमको बलियो पक्षधर हुन । उनकै जोडबलमा अखण्ड सुदूरपश्चिम भएको धेरैको बुझाइ छ ।
टीकारपुरमा बाबुरामको भाषण यस्तो थियो
टीकापुरको घटना एउटा विद्रोह थियो । विद्रोह कहिले पनि नापेतौले जस्तो हुँदैन । भदौ ७ गते पनि त्यही भयो । नापे तौले जस्तो भएन । आफ्नो बाटो लियो ।
आफ्नो अधिकारका निम्ति आवाज उठाउने थारुहरुको विद्रोह चाहिँ विद्रोह नहुने, तपाईँको झापा आन्दोलन मात्र विद्रोह हुने ? तपाईंको मुद्दा फिर्ता, यिनीहरुको मुद्दा चाहिँ फिर्ता नहुने ?
अरुको विद्रोह चाहिँ राजनीतिक मुद्दा होइन ? विभेदमा परेका मानिसहरु चुप लागेर बस्नु मसानघाटको शान्ति हुन्छ, त्यो हामीले चाहेको होइन ।
हामीलाई सचेत शान्ति चाहिएको छ । टीकापुरमा भदौ ८ गते राज्यको मिलेमतोमा लुटपाट र महिलाको अस्मिता लुटिएको छ । रेशम चौधरी र साथीहरुलाई ७ गतेको काण्डमा कारबाही भयो । भदौ ८ गते लुटपाट, बलात्कार गर्नेहरुलाई के कारबाही भयो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

