शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा शान्ति सुरक्षा कायम गर्न प्रहरी सङ्गठन सचेत

सोमबार, ०९ भदौ २०७६, १३ : ४५
सोमबार, ०९ भदौ २०७६

मोरङ प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगी/व्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन्  । कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी/व्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगी/व्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गरे ।

प्रहरी नायब महानिरीक्षक ज्ञवालीले प्रदेश प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील रहेको बताए ।
    
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
    
जिल्लास्थित उद्योग सङ्गठनले  आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा  हालै  सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन सङ्गठन सदैव तत्पर रहेको  र  आम जनताले  अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप