प्रदेश १ मा शान्ति सुरक्षा कायम गर्न प्रहरी सङ्गठन सचेत
मोरङ प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगी/व्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन् । कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी/व्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगी/व्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गरे ।
प्रहरी नायब महानिरीक्षक ज्ञवालीले प्रदेश प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील रहेको बताए ।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लास्थित उद्योग सङ्गठनले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा हालै सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।
आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन सङ्गठन सदैव तत्पर रहेको र आम जनताले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण