कास्मिर र इपीजीबारे राजपाको असन्तुष्टि

काठमाडौँ– राजपा नेपालले कास्मिर समस्याबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् । ‘छिमेकी देश चीन र भारत हाम्रा छिमेकी देश हुन् । राम्रो सम्बन्ध हुनुपर्छ । नेपाल र भारतको बहुआयामिक सम्बन्ध पनि छ ।
नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको छ । यो बैठकले कास्मिर समस्याबारे परराष्ट्रमन्त्रीले स्पस्ट पारे । हामी भन्न चाहान्छौ– कास्मिरबारे सरकारले देशलाई गुमराहमा नराखोस्’ यादवले भने, ‘सरकारले कास्मिर समस्याबारे नेपाली जनतालाई जानकारी गराओस्, जसले राजनीतिक दलहरुलाई धारणा बनाउन सजिलो बनाउँछ ।’
उनले इपीजी सदस्यका नामहरुप्रति पनि आपत्ति जनाए । ‘इपीजी गठनमा आएका नाम एकपक्षीय र असन्तुलन देखिन्छ । प्रतिपक्षीलाई पनि समेटिएन । मधेसको प्रतिनिधित्व छैन । यो गठनले देशले निकास पाउँदैन’ सांसद यादवको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?