कास्मिर र इपीजीबारे राजपाको असन्तुष्टि
काठमाडौँ– राजपा नेपालले कास्मिर समस्याबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् । ‘छिमेकी देश चीन र भारत हाम्रा छिमेकी देश हुन् । राम्रो सम्बन्ध हुनुपर्छ । नेपाल र भारतको बहुआयामिक सम्बन्ध पनि छ ।
नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको छ । यो बैठकले कास्मिर समस्याबारे परराष्ट्रमन्त्रीले स्पस्ट पारे । हामी भन्न चाहान्छौ– कास्मिरबारे सरकारले देशलाई गुमराहमा नराखोस्’ यादवले भने, ‘सरकारले कास्मिर समस्याबारे नेपाली जनतालाई जानकारी गराओस्, जसले राजनीतिक दलहरुलाई धारणा बनाउन सजिलो बनाउँछ ।’
उनले इपीजी सदस्यका नामहरुप्रति पनि आपत्ति जनाए । ‘इपीजी गठनमा आएका नाम एकपक्षीय र असन्तुलन देखिन्छ । प्रतिपक्षीलाई पनि समेटिएन । मधेसको प्रतिनिधित्व छैन । यो गठनले देशले निकास पाउँदैन’ सांसद यादवको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण