पर्यटनमन्त्री भट्टराईद्वारा १ सय ४१ कार्य योजनाको घोषणा
काठमाडौं – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
मन्त्री भट्टराईले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा वर्गीकरण गरी १ सय ४१ वटा कामको फेहरिस्त प्रस्तुत गरे । आफ्ना कार्ययोजनालाई न्युनतम १५ दिनभित्र गरिसक्ने ५ वटा कामदेखि १ वर्षभित्र सक्ने र केही बहु वर्षे कार्यक्रमलाई निरन्तरता दिनेसम्मको रहेका छन् ।
उनले १५ दिनभित्र परिवर्तित अवस्थामा पर्यटकीय सेवाको गुणस्तरीयता वृद्धि गर्नेगरी होटल मापदण्ड जारी गर्ने, नेपाल भ्रमण वर्ष मनाउन १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र अन्य आवश्यक कार्यक्रमको खाका बनाई प्रबर्द्धनात्मक कार्यक्रम गर्ने रहेका छन्।
यस्तै मन्त्री भट्टराईले नेपाली मौलिक खानाको प्रचार, प्रसारको लागि हरेक तारे होटलले नेपाली खानको छुट्टै स्टल हुनुपर्ने गरी होटल मापदण्ड बनाउने र आन्तरिक उडानमा बिग सिक्स अर्थात् ६ जना सम्माननीयलाई मात्र विमानसम्म गाडी लैजान व्यवस्था मिलाउने पनि कार्ययोजनामा राखेका छन् । मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमबाट सञ्चालित ग्राउण्ड ह्याण्डलिङ्गलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि राखे ।
मन्त्रि भट्टराईले जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने र पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युवबाट प्रत्यक्ष प्रशारण गर्ने योजना ३ महिनाभित्र सम्पन्न गर्ने योजना सार्वजनिक गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण