दोलखामा विदेशी नागरिक मृत अवस्थामा फेला
दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए । लामाबगरबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बीचमा ढुङ्गा र काठको चेपमा अड्किएर मृत अवस्थामा रहेको विदेशी नागरिकको शव नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले क्रेन र डोरीको सहायताले निकालेको प्रनाउ राईले बताए ।
मृतककी श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चिप्लिएर तामाकोशी नदीमा रहेको स्थानबाट मृतकलाई करीब एक किलोमिटर बगाएको र मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लाटभिया देशको राहदानी नं भएका नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण