वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो
रौतहट- बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई आफनो घरमा थुनेर कुटपिट गरि उक्त कार्वाही गरेको बालकका अभिभावकले जानकारी दिएका छन् ।
पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।
सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए ।
गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन् । घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनपश्चात उक्त घटनाबारे उजुरी दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा गाँउलेहरुसँग जाँदा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले आफुहरुलाई उल्टै दुब्र्यवहार गरेको पूर्व सहायकमन्त्री कलावती पासवानले आरोप लगाइन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख रञ्जितसिंह राठौरले घटनापछि पीडितहरु ढिलो आएपनि लिखित जाहेरी लिएर आएमा कार्वाही प्रकृया बढाइने बताए ।
प्रहरी निरिक्षक चन्द्रकिशोर साहको व्यवहारको सन्दर्भमा आफुले छानबिन गर्नेसमेत निमित प्रमुख राठौरले प्रतिबद्धता जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले बालबालिकाको बिषयमा नेपाल प्रहरी एकदमै सजग रहने बताउँदै कलैयाको घटनाबारे छानबिन गरी कार्वाही प्रकृया अगाडी बढाउन बारा प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण