शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा कमला किनारका वासिन्दा त्रसित, सयौं घर डुबानमा

आइतबार, २९ साउन २०७४, १५ : ४१
आइतबार, २९ साउन २०७४

सिरहा–लागातारको वर्षाले सिरहाका सयौं घरमा पानी पसेको छ ।  साना खोलाहरुबाट पसेको पानीले दर्जन बढी गाउँहरु डुवानमा परेका छन् ।  

गागनखोलाको पानी पस्दा औरही गाउँपालिकाका दर्जनौं घरहरुमा पानी पसेको छ । जोखिममा रहेका १० घर परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जनाए । त्यसैगरी लहान १ को मुसहर वस्तिका दलित परिवारलाई पनि सुरक्षित ठाउँमा सार्न लागिएको प्रशासनले जनाएको छ । 

यस्तै पर्साहीका ४० घर परिवार विस्थापीत भएका छन् । उनीहरुलाई स्थानीय निमावि विद्यालयमा ल्याएर राखिएको छ । डिम्मा खोलामा आएको बाढीले कर्जन्हा गाउँपालिका ६ गौताडीस्थित जनता आधारभूत विद्यालयको पश्चिमपट्टिको पर्खाल भत्काएको गौताडीका पूर्व गाविस अध्यक्ष रामचन्द्र ठाकुरले जानकारी दिए । 
ठाकुरका अनुसार बाढीको पानी स्थानीय पासवान टोलका करिब ३ दर्जन घरमा पस्दा ४ फिटसम्म जमेको छ भने १५ वटा घर भत्किएका छन् ।

चारदिनदेखि निरन्तर रुपमा परिरहेको पानीले  सिरहाको करिव हजार घर डुवानमा परेको स्थानीयले बताएका छन् । सिरहाको लहान गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा सदरमुकाम लगायतका बजार पनि डुबानमा परेका छन् ।  

त्यसैगरी जिल्ला सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगाएतका कार्यालयहरुमा पानी पसेको छ । पानी पस्दा काम काजगर्न समस्या परेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयमा पनि बढीको पानी पसेको छ ।

बाढीको पानीले  दक्षिणतर्फको करिव ३० फिट बाउड्रिवाल भत्काएको छ । कार्यालयमा पानी वस्दा कामकाजमा पनि समस्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी गज्जुसिद्धि बर्जाचार्यले बताए । यता कमला नदिमा पानीको बहाव बढेसँगै कमला किनारका बासिन्दा त्रसित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप