आर्सनल र टोट्टनहाम बराबरीमा रोकिए
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली आर्सनल टोट्टनहामले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा आर्सनल र टोट्टनहामले २–२ गोलको बराबरी खेले । आर्सनलले घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।
टोट्टनहामका क्रिस्टियन एरिक्सन र ह्यारी केनले गोल गरे । आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट्टी र पिर्रे एम्रिक आबुमियाङले गोल गरेका थिए ।
टोट्टनहामले १०औं मिनेटमा इरिक्सनको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए ।
त्यसपछि जोसिएको आर्सनलले ४५औं मिनेटमा पहिलो गोल फर्काएको थियो । आर्सनलका एलेक्सजेन्डरले पहिलो गोल गरे । ७१औं मिनेटमा आबुमियाङले बराबरी गोल गर्दै आर्सनललाई हारबाट जोगाए । बराबरीसँगै चार खेलबाट सात अंक बनाएको आर्सनल पाँचौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको टोट्टनहाम नवौं स्थानमा छ ।
आइतबार रातिनै भएको अर्को खेलमा एभर्टनले वुल्भ्सलाई ३–२ गोलले हरायो । घरेलु मैदानमा एभर्टनको रोमाञ्चक जितमा रिचार्लीसनले दुई गोल गरे । एलेक्स इओबीले एक गोल गरेका थिए । वुल्भ्सका रोमेन साइस र राउल जेमिनेजले एक एक गोल गरे । रिचार्लीसनले पाँचौ मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
नवौँ मिनेटमा वल्भ्सका रोमेनले बराबरी गोल फर्काए १२ औं मिनेटमा इओवीले गोल गर्दै एभर्टनलाई अगाडी बढाए । ७५औं मिनेटमा वुल्भ्सका जेमिनेजले फेरी बराबरी गोल गरे । ८०औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई जित दिलाए । जितसँगै तीन खेलबाट सात अंक बनाएको एभर्टन छैटौं स्थानमा छ । समान खेलबाट तीन अंक बनाएको वुल्भ्स १७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण