चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ
कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पु¥याइरहेको मुख्यमन्त्रीले सन्देशमा व्यक्त गरेका छन् ।
उनले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनीहरुका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययीता अपनाउन आवश्यक हुन्छ भन्नुभएको छ । मुख्यमन्त्री गुरुङले तीज पर्वले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण