खुर्पा प्रहार गरी श्रीमतीको हत्या
मङ्गलबार, १७ भदौ २०७६, १३ : १५

रुकुम– खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु