सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल निर्माणका लागि समय थप गर्न माग
काठमााडौं– संसदीय समिति अन्तरगतको कार्य दलले काठमाडौंको महाराजगञ्जस्थित निर्माणाधीन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ ।
संंघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको कार्य दलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना विशंखेले भेरिएशन स्विकृत भई थपिएको समय नौं महिनाभित्र पनि सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस पनि गरिएको स्पष्ट पारे । थपिएको समयभित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचिमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ । सो केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा सम्पन्न गर्ने काममा पनि ढिलाई भएको पनि पाइएको कार्य दलकी संयोजक विशंखेले बताए । भूकम्पका कारण पनि सो भवन निर्माणको काममा ढिलाई हुन गएको कार्य दलको निष्कर्ष छ ।
२०६८ साल मंसीर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ । कार्य दलको प्रतिवेदनमा सो भवनको डिजाईनमा फेरबदल भइरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि सो भवनको निर्माणका कार्यमा केही अवरोध हुन पुगेको पनि कार्य दलको प्रतिवेदनमा उल्लेख गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण