बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सेनाको ब्यारेक हटाउन मन्त्री भट्टराईले मागे प्रचण्डको साथ

बुधबार, १८ भदौ २०७६, १९ : १३
बुधबार, १८ भदौ २०७६

काठमाडौं–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भने भरतपुर विमानस्थलको विस्तारको लागि अध्यक्ष प्रचण्डको साथ चाहिएको बताएका छन् । भरतपुर विमानस्थलको विस्तारको लागि विमानस्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले अध्यक्ष प्रचण्डको साथ खोजेका हुन् । सेनाले खर्चको जग्गा विमानस्थलको विस्तारमा आवश्यक पर्ने भन्दै मन्त्री भट्टराईले रक्षामन्त्री, प्रधानसेनापति र पर्यटन मन्त्रालयको संयुक्त बैठक राखिदिन पनि अनुरोध गरे ।

एक हप्ताभित्र बैठक बस्न सके भरतपुर विमानस्थलको लागि फेरि बैठक बस्न आवश्यक नरहेको बताए ।  करिव एक साताअघि चितवन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए । बुधबार मन्त्रीकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार सर्वदलीय बैठक आयोजना गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप