सेनाको ब्यारेक हटाउन मन्त्री भट्टराईले मागे प्रचण्डको साथ
काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भने भरतपुर विमानस्थलको विस्तारको लागि अध्यक्ष प्रचण्डको साथ चाहिएको बताएका छन् । भरतपुर विमानस्थलको विस्तारको लागि विमानस्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले अध्यक्ष प्रचण्डको साथ खोजेका हुन् । सेनाले खर्चको जग्गा विमानस्थलको विस्तारमा आवश्यक पर्ने भन्दै मन्त्री भट्टराईले रक्षामन्त्री, प्रधानसेनापति र पर्यटन मन्त्रालयको संयुक्त बैठक राखिदिन पनि अनुरोध गरे ।
एक हप्ताभित्र बैठक बस्न सके भरतपुर विमानस्थलको लागि फेरि बैठक बस्न आवश्यक नरहेको बताए । करिव एक साताअघि चितवन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए । बुधबार मन्त्रीकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार सर्वदलीय बैठक आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण