खकुरेलको आईसीसी सदस्यमा उम्मेदवारी
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा राजन खकुरेलले आईसीसी सदस्यमा उमेद्वारी दिएका छन् ।
एनआरएन युकेको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको खकुरेलले बताए ।
सन् २०१० मा बेलायत प्रवेश गरेयता उनले आफ्नो व्यापार व्यवसाय बाहेक समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् ।
धादिङका उनी हाल बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष र नेपाली युथ एशोसियसन यूकेका उपाध्यक्ष समेत हुन् ।
उनले आईसीसीमा रहेर नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन सशक्त भूमिका खेल्ने, नेपाली नागरिकताको निरन्तरतामा जोड दिने, गोर्खा आन्दोलनको अभियानलाई सघाउने, नेपाल भित्र र गैर आवासीय नेपाली उद्यमीहरू बीचको नेटवर्कलाई विकास गर्नमा लागिपर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण