नेपालको विजयी सुरुवात
काठमाडौं – नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । किर्गिस्तानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली किर्गिस्तानलाई ८–२ गोलले हरायो ।
नेपालको सानदार जितमा सावित्रा भण्डारीले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा कप्तान नीरू थापा र दीपा राईले एक–एक गोल गरिन् । जितसँगै नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको छ । पहिलो खेलसँगै उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ । नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो ।
नेपाली टोली
गोलकिपर : एन्जिला सुब्बा र अन्जना रानामगर
रक्षक : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, कविता धिमाल र अस्मिता जैसी
मिडफिल्डर : मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई र शर्मिला थापा
स्ट्राईकर : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी र इन्दिरा राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण