नेपालको विजयी सुरुवात
काठमाडौं – नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । किर्गिस्तानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली किर्गिस्तानलाई ८–२ गोलले हरायो ।
नेपालको सानदार जितमा सावित्रा भण्डारीले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा कप्तान नीरू थापा र दीपा राईले एक–एक गोल गरिन् । जितसँगै नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको छ । पहिलो खेलसँगै उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ । नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो ।
नेपाली टोली
गोलकिपर : एन्जिला सुब्बा र अन्जना रानामगर
रक्षक : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, कविता धिमाल र अस्मिता जैसी
मिडफिल्डर : मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई र शर्मिला थापा
स्ट्राईकर : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी र इन्दिरा राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने