नेपालगञ्ज–लखनउ सिधा बस सेवा सुरु
आइतबार, २२ भदौ २०७६, २२ : ३८
बाँके- पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आजदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो ।
हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।
सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण