बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज

सोमबार, २३ भदौ २०७६, १६ : ०४
सोमबार, २३ भदौ २०७६

काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् ।  डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् । 

 कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएको जानकारी दिए । 

५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप