विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
सोमबार, २३ भदौ २०७६, १८ : ५३
काठमाडौं – नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिए ।
गुरुङ हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंकाको ‘कालोकालो कपालमा..’ सँगै आरजे इन्टरटेन्मेन्ट सुरु
-
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
कर्णाली जडीबुटी र बहुमूल्य डुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
-
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
-
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
-
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु