एनसीसी बैंकले आफ्ना शेयर धनीहरुलाई १५.८९ प्रतिशत बोनस शेयर दिने
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भदौ २३ गते आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ को क्रमशः २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ ।
बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाडौंमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटीएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा१ अर्ब ५१ करोड आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण