पाँचथरमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति
पाँचथर – पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ ।
वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।
झण्डै रु आठ करोडको लगानीमा निर्माण हुनलागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए । एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ ।
पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने उनले बताए । यस स्थानबाट पूर्वको पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण