गण्डकी । क्यान्सरलगायत सङ्क्रमणजन्य रोगको प्रयोगशाला परीक्षणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरिएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले गत बिहीबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो...