सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
सारांश
- सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक आरोपीलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको छ ।
- पक्राउ परेका २३ वर्षीय नीराजन कुँवरलाई अनुसन्धानको लागि धनगढी लगिएको छ ।
- गत भदौ २५ गते डिन डा. होमनाथ जोशीको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो गाडी चोरी भएको थियो ।
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो । काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले रातोपाटीलाई बताए ।
२०८२ भदौ २५ मा कुँवर सहितको समूहले दिनदहाडै सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा.होमनाथ जोशीको निवासबाट गाडी चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डिनको निवास धनगढी–५ स्थित हसनपुरमा पार्की गरेर राखेको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो चोरी भएको थियो ।
आरोपी कैलाली जिल्ला अदालतबाट असार ३० मा चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण