बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

आजकै दिन जन्मिएका थिए नेमार र रोनाल्डो

शुक्रबार, २३ माघ २०७७, ०८ : १८
शुक्रबार, २३ माघ २०७७

एजेन्सी । विश्वचर्चित फुटबलर नेमार जुनियर र क्रिस्टियानो रोनाल्डोले आज कै दिन यस धर्तीमा पाइला टेकेका थिए । 

पोर्तुगलको एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो । साथै, आज कै दिन ब्राजिलको एक गरिब परिवारमा जन्मिएका थिए, नेमार । 

रोनाल्डो सन् १९८५ को फेब्रअरी ५ मा जन्मिएका थिए भने नेमार सन् १९९२ फेब्रअर ि५ का दिन नै जन्मिएका थिए । 

रोनाल्डोका पिता माली थिए । आमा अरुको घरमा खाना पकाउने काम गर्थिन् ।  उनका चार जना भाईबहिनी थिए । जस्तापाताको छाना भएको घरमा बसोबास गर्ने रोनाल्डोलाई विद्यालयमा भर्ना हुन निकै मुश्किल परेको थियो । 

उनी पढाईभन्दा फुटबलमा धेरै रुची राख्थे । उनले करिब ८ वर्षकै उमेर स्थानीय टीमबाट खेल्न सुरु गरेका हुन् । उनको खेल देखेर वल्र्ड अन्डर १७ टीममा लिइएको थियो । 

करिब ८ वर्षकै उमेरमा इंग्लिश फुटबल क्लब म्यानचेस्टर युनाइटेडले उनलाई १७ मिलियन अमेरिकी डलरमा साइन गराएको थियो । धेरै वर्षसम्म स्पेनको फुटबल क्लब रियल म्याड्रिड मा रहेका रोनाल्डो हाल फ्रेन्च फुटबल एक्न्का लागि खेल्ने गर्छन् । 

यस्तै, नेमार पनि गरिब परिवारमा जन्मिएर फुटबलमा चम्किएका खेलाडी हुन् । उनको बाल्यकाल ब्राजिलको साओ पाउलोमा मोगी डास कृजेस नामक झुपडीमा बितेको थियो । उनका पिता फुटबलका राम्रा खेलाडी थिए । तर घरको अवस्था भने नाजुक थियो । 

घरपरिवार चलाउन उनका पिता अलग अलग काम गर्ने गर्थे । पिताले गरिबीका बाबजुत पनि उनलाई फुटबल खेल्न रोकेनन् । उनी ११ वर्षको उमेरमा ब्राजिलको चर्चित एफसी सेन्टोस क्लबमा जोडिए । उनी सन् २००९ मा ब्राजिल टीमको कप्तान थिए । उनी सन् २०१७ मा विश्वकै महंगो फुटबलर बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप