बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्‍यो

मङ्गलबार, ०६ जेठ २०८२, २२ : ००
मङ्गलबार, ०६ जेठ २०८२

आज २०८२ जेठ ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • गभर्नर नियुक्ति

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

  • च्याप्टर क्लोज

चैत २२ गतेबाट रिक्त गभर्नर पदपूर्ति गर्न सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच यसबिचमा ठुलै रस्साकस्सी चल्यो । त्यसको ‘साइड इफेक्ट’का रूपमा सरकार र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि यसबिचमा चुलियो ।

  • पार्टी एकता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ निर्वाचनअघि पार्टी एकताको सम्भावनालाई अस्वीकार गरेका छन् ।२०७५ साल जेठ ३ गते ‘मदन–आश्रित’ स्मृति दिवसको अवसर पारेर दुई पार्टीबिच एकता भएको थियो । 

  • राधिका शाक्यलाई प्रश्न

‘झट्ट हेर्दा के लाग्छ भने लेखिका अथवा प्रधानमन्त्री पत्नीलाई यो कतै राजनीतिक प्वाँख पलाउन लागेको हो कि ! यो कुरोमा अलिकति जानकारी दिनुभयो भने आजको कार्यक्रम सार्थक हुन्थ्यो कि ! किन तपाईंले यो पुस्तक लेख्नुभयो ? 

  • ईभी गाडी

सरकारले केही वर्षदेखि विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढाउन सहुलियत दिने नीति पनि लिएको छ । ईभीमा सरकारले दिएको सहुलियतले अर्थ–वातावरणीय योगदान पुर्‍याउन सक्ने अवस्था छ । तर सरकारले ईभीमा हरेक वर्षको बजेटमा लिँदै आएको नीति अस्थिर छ । हरेक वर्ष ईभीमा कर बढाउने र घटाउने गरिरहेको छ ।

  • बढुवा सिफारिस

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

  • नेतृत्वमा विश्वासको खडेरी

सत्ता स्वार्थका लागि जुनसुकै सहमतिमा पनि हस्ताक्षर गर्ने तर सरकारमा पुगेपछि पूर्वसहमति लत्याउने प्रवृत्तिको पछिल्लो कडी हो शेरबहादुर देउवा र केपी ओलीबिच भएको सातबुँदे सहमति । 

  • रैथाने बाली

सरकारले ७५३ वटै स्थानीय तहमा पाइने रैथाने बाली खरिदका लागि प्रक्रिया थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक खाद्य संस्थान) ले देशका सबै स्थानीय तहसँग समन्वय गरी रैथाने बाली खरिदका लागि गत फागुनदेखि प्रक्रिया थालेको हो ।

  • सर्वोच्चमा वकिलको तर्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका कानुन व्यवसायीले सहकारीको रकम अपचलन मुद्दाको जड गोर्खा मिडिया नेटवर्ककका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) भएको तर्क गरेका छन् । 

  • बढ्यो फिल्म निर्माण

 वर्ष २०८२ को सुरुवातै फिल्म निर्माण बढेको छ । चलचित्र विकास बोर्डको तत्थ्याङ्कअनुसार यो वर्षको वैशाखमा अघिल्लो महिनाको तुलनामा १२.५ प्रतिशतले फिल्म निर्माण बढेको देखिएको हो । अघिल्लो महिना (२०८१ चैत) मा बोर्डमा फिल्म दर्तासहित निर्माण इजाजत लिनेको संख्या १६ थियो । यो वैशाखमा भने १८ वटा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप