भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा

काठमाडौँ । पाकिस्तानी सेना प्रमुख असिम मुनीरलाई फिल्ड मार्सलमा पदोन्नति गरिएको छ। जियो न्यूजका अनुसार प्रधानमन्त्री शाहबाज शरीफको मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो ।
भारतविरुद्धको अपरेसन बुनयान–उम–मार्सुसको समयमा सेनाको नेतृत्व गरेकोमा मुनिरलाई पदोन्नति गरिएको हो। पाकिस्तानमा असिम मुनीरभन्दा पहिले सन् १९५९ मा सैन्य तानाशाह अयुब खानले आफूलाई फिल्ड मार्सल घोषित गरेका थिए ।
फिल्ड मार्सल पाकिस्तानी सेनाको सर्वोच्च सैन्य पद हो, जसलाई पाँच–तारे पद मानिन्छ। यो पद जनरल (चार तारा) भन्दा माथि छ। पाकिस्तानमा, फिल्ड मार्सलको पद सेना, नौसेना र वायुसेनामा सबैभन्दा उच्च पद हो ।
पाकिस्तानमा यो श्रेणी विशेष परिस्थितिहरूमा मात्र दिइन्छ। पाकिस्तानका पूर्व सेना प्रमुख जनरल राहिल शरीफलाई फिल्ड मार्सलको दर्जा दिन माग गरिएको थियो । यस सम्बन्धमा इस्लामाबाद उच्च अदालतमा पनि निवेदन दायर गरिएको थियो ।
जनरल शरीफलाई उनको राम्रो कामको आधारमा यो पद दिनुपर्ने भनिएको थियो। यद्यपि, अदालतले यस विषयमा कुनै पनि निर्देशन दिने अधिकार क्षेत्र नभएको भन्दै निवेदन खारेज गर्यो ।
पाकिस्तानको कानुन अनुसार, फिल्ड मार्सलसँग कुनै अतिरिक्त संवैधानिक अधिकार भने हुँदैन । फिल्ड मार्सलको नियुक्तिको लागि प्रधानमन्त्री, राष्ट्रपति र रक्षा मन्त्रालयको सहमति आवश्यक पर्दछ । यसबाहेक, सर्वोच्च अदालत वा उच्च अदालतबाट पनि संवैधानिक आदेश आवश्यक पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग