पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत

समाचार सारांश
- चेन्नई सुपर किंग्सले आईपीएलको खेलमा राजस्थान रोयल्सलाई १८८ रनको लक्ष्य दियो। चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनायो।
- चेन्नईका लागि आयुष महात्रेले सर्वाधिक ४३ रन बनाए भने डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान दिए।
- राजस्थानका युधवीर सिंह र आकाश मधवालले ३-३ विकेट लिए भने दुवै टोली प्लेअफको दौडबाट बाहिरिएका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६२ औँ खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्स सामु १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । ओपनर आयुष महात्रेबाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् । दोस्रो ओभरमा नै डेभन कनवे मात्र १० रन बनाएर आउट भए । दुई बलपछि उर्भिल पटेल खाता नै नखोली पभेलियन फर्किए ।
यता महात्रे पनि २० बलमा ४३ रन बनाउँदै तुसार देशपाण्डेको बलमा आउट हुन पुगे । उनले ८ चौका र १ छक्का प्रहार गरे । लगत्तै, रवीचन्द्रन अश्विन १३ रन बनाउँदै आउट भए । त्यसपछि रवीन्द्र जडेजा पनि मात्र १ रन जोड्दै आउट भए ।
त्यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबे मिलेर चेन्नईको इनिङ्सलाई सम्हाले । ब्रेभिसले मात्र २५ बलमा ४२ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे ।
अन्तिम ओभरमा आउट हुनअघि दुबेले ३२ बलमा ३९ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन जोडे । उनले १ छक्का प्रहार गरे ।
राजस्थानका लागि युधवीर सिंहले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, आकाश मधवालले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट हात पारे । तुषार देशपाण्डे र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।
प्लेअफको होडबाट बाहिरिए पनि आत्मसम्मानका लागि दुई टोली एक आपसमा भिडिरहेका हुन् । १२ खेलबाट ६ अंक बटुल्दै चेन्नई अंक तालिकाको पुछारमा छ । १३ खेलबाट समान ६ अंक पाएको राजस्थान पुछारबाट दोस्रो स्थानमा छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स