बढुवा सिफारिस
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
मङ्गलबार, ०६ जेठ २०८२, २० : ५८

समाचार सारांश
- नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस गरेको जनाएको छ।
- बढुवा सिफारिसमा सुदर्शन प्रसाद कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी लगायतका व्यक्तिहरु छन्।
- प्रहरी नियमावलीअनुसार, गृह मन्त्रालयले सबै सम्बन्धित व्यक्तिका लागि सूचना प्रकाशित गरेको छ।
काठमाडाैँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते