बढुवा सिफारिस
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
मङ्गलबार, ०६ जेठ २०८२, २० : ५८
सारांश
- नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस गरेको जनाएको छ।
- बढुवा सिफारिसमा सुदर्शन प्रसाद कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी लगायतका व्यक्तिहरु छन्।
- प्रहरी नियमावलीअनुसार, गृह मन्त्रालयले सबै सम्बन्धित व्यक्तिका लागि सूचना प्रकाशित गरेको छ।
काठमाडाैँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण