शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गलत विश्लेषण,सन्देश र धारणाले नेपालीले ठूलो नोक्सानी बेहोर्नुपरेको काँग्रेसको ठहर

सबै नागरिकलाई खोपको व्यवस्था गर्न माग
बुधबार, ०५ जेठ २०७८, २२ : १९
बुधबार, ०५ जेठ २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरेर सबै नागरिकलाई लगाउने प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रवन्ध मिलाउन माग गरेको हो ।

जनताको जिवन रक्षाको निम्ति सरकार गम्भिर बन्नुपर्नेमा बैठकले जोड दिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनले भने – ‘कोभिड १९ नियन्त्रणका लागि सरकार गम्भिर बन्नु जरुरी छ । स्वास्थ्य सामाग्री, उपकरण, भ्याक्सिन ठुलो मात्रामा आयात गर्नुपर्नेछ । त्यसको प्रवन्ध गरेर हरेक नेपाली नागरिकलाई तत्कालै भ्याक्सिन लगाइदिने । कुटनीतिक प्रयत्न गरेर सबै नागरिकलाई भ्याक्सिन लगाइदिने प्रयत्न गरियोस् । जनताको जीवनरक्षामा सरकार गम्भीर बनोस् भन्ने हामी जोड दिन चाहान्छौँ ।’

काँग्रेसले कोभिड १९ को सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत विश्लेषण÷सन्देश र धारणाले नेपाली नागरिकले ठूलो नोक्सानी बेहोर्नुपरेको ठहर पनि गरेको छ । त्यस्तै कोभिड १९ नियन्त्रण तथा उपचारका लागि अन्तर्राष्ट्रिय निकायले गरेको सहयोगको निम्ति धन्यवाद पनि दिइएको छ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, अस्पताल सञ्चालक तथा व्यवस्थापक, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई धन्यवाद व्यक्त गर्दै उनीहरुको मनोबल उच्च बनाउनका लागि सरकारले विशेष प्याकेज ल्याउन आग्रह गरिएको पनि प्रमुख सचेतक खाँणले बताए ।

विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण श्रमिक, मजदुर, किसान, व्यापारी, उद्योगी, यातायात व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी लगायतलाई मार परिरहेकाले सरकार गम्भिर बन्दै अविलम्ब राहत प्याकेज ल्याउनुपर्नेमा पनि काँग्रेस संसदीय दलले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बैठकले बिहीबार हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मौनअवधी शुरु भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता वक्तव्य दिएको प्रति भत्र्सना गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्ने ठहर पनि गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँणले भने – ‘राष्ट्रिय सभा उप निर्वाचनको प्रचार गर्न नपाइने आज मौन अवधि हो । मौन अवधिको आचारसंहिता उल्लंघन गरेर प्रधानमन्त्री ओलीले मत माग्ने वक्तव्य दिनुभएको छ । त्यो विल्कुलै निर्वाचन आयोगको निर्वाचन आचारसंहिता विपरित छ । त्यसको घोर भत्र्सना छ । निर्वाचन आचार संहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको ठहर छ ।’प्रमुख सचेतक खाँणले वर्तमान सरकारले विधिपूर्वक विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप