बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

विकास बजेट माग गर्दा ओली गुटमा जानु पर्ने अवस्था आयो’

माओवादीले जितेका स्थानीय तहमा पठाइएको रकम रोकिएको आरोप
शुक्रबार, २८ जेठ २०७८, १२ : ३८
शुक्रबार, २८ जेठ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम साहित्यकारको शब्दजाल जस्तै रहेको बताए । शुक्रबार प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा उनले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसान, मजदुर, उद्योगी, व्यवसायीहरुको समस्याहरुलाई समेटेको छ तर प्रदेश सरकार चाँही खोज्नु पर्ने अवस्था रहेको बताएका हुन् ।

प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको उनको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय तहमा पठाइएको २ करोड ७ लाख रुपैयाँ किन रोकियो उनले प्रश्न गरे ।

प्रदेश सरकारले हाल देशमा संघीय सरकारले गरेको विधि विधान र संविधान विपरीत गरेको कामको विरोध गर्नुपर्ने उनको धारणा छ । प्रदेश सरकारले संविधानको रक्षाका लागि संघीय सरकारले गरेको गलत कामको विरोध गरेर संघीय सरकारको हस्तक्षेप नभएको नीति तथा कार्यक्रम आउनु पर्ने बताए ।

प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङमा पनि पक्षपात गरेको उनको आरोप छ । बिना आधारमा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदलाई जानकारी नै नगराई प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङ पठाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप