बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता

बुधबार, ०४ असार २०८२, १९ : ४०
बुधबार, ०४ असार २०८२

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियुले वैधानिकता पाएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीश द्वय डाल कुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले स्ववियु खारेजीको माग गर्दै परेको रिट निवेदन खारेज गरेसँगै स्ववियुले वैधानिकता पाएको हो । 

नेविसंघबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतले स्ववियु खारेजीको माग गर्दै रिट निवेदन दायर गरेका थिए । स्ववियु निर्वाचन हुन नसकेपछि आरआरमा निर्वाचन समितिले सर्वसम्मत रूपमा स्ववियु चयन गरेको थियो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।

त्यसका विरुद्धमा जोशी लगायतले क्याम्पस प्रमुख डा.पद्मकुमार अधिकारी, स्ववियु निर्वाचन अधिकृत महेश भट्टराई, त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय लगायतका विरुद्धमा रिट निवेदन दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप