ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वरा गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले बैंकिङ क्षेत्रमा देखिएका समस्याहरूको समाधान र बृहत् सुधारका लागि सरोकारवालाहरूबाट सुझाव आह्वान गरेको छ । बुधबार कार्यदलले इच्छुक संस्था, विज्ञ तथा सर्वसाधारणबाट सुझाव मागेको हो ।
नेपाललाई अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको निगरानी सूची (ग्रे–लिष्ट) बाट हटाउन खेल्नुपर्ने भूमिकादेखि बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति (मर्जर र एक्विजिसन) पछिका समस्या समाधानसम्मका विषयमा कार्यदलले सुझाव संकलन गर्नेछ ।
यसअघि राष्ट्र बैंकले पूर्व बैंकर भुवन दाहाल, रेवतबहादुर कार्की र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसहितको कार्यदल बनाएको थियो ।
कार्यदलले तोकेका ६ वटा मुख्य विषयमा केन्द्रित रहेर आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव दिन आग्रह गरेको छ। इच्छुक व्यक्तिले २०८२ असार ११ गते सुझाव पठाउनपर्ने उल्लेख गरिएको छ ।
यी हुन् सुझाव मागिएका विषय
- बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील बनाउँदै जोखिममा आधारित र ग्राहकमैत्री बैंकिङ सेवाको विकास गर्ने सम्बन्धमा ।
- आर्थिक गतिविधिलाई पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिकाका सम्बन्धमा ।
- ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
- बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्तिपछिका समस्याहरूको पहिचान तथा समाधानका सम्बन्धमा ।
- नेपाललाई ग्रे–लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
- पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण